मनिषा कोइरालाको भित्री रहस्य : ड्रग्स देखी डिभोर्स सम्म


Manisha Koirala

नेपाली चेली मनिसा कोईरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रप्रयास गरेको छ। भारतीय अनलाईन दैनीक भास्करले मनिसा कोईरालाको फिल्मी करियर तल झर्नुमा ड्रग्स प्रमुख कारण भएको आरोप लगाएको छ।

भारतीय चलचीत्रमा एकसमयकी चर्चित नायिका मनिषा कोइराला जो नेपालका पूर्व प्रधानमन्त्री रहेका स्व बिश्वेश्वर प्रसाद कोइरालाकी नातिनि हुन्। सन् १९७० मा नेपालमा जन्मिएकी मनिषाले आज ४७ वर्षमा टेकेकी छिन्। बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन्। उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भए पछि उनको चर्चा बलिउडमा हुन थाल्यो।

मनिषाले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ लगायतका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन्। चलचित्रमा काम गर्दा गर्दै केही समय पछि उनलाई क्यान्सर भएको खुलासा भएको थियो । क्यान्सर जस्तो रोगलाई निको पारेर मनिषाले यही वर्ष ‘डियर माया’ नामक चलचित्रमा काम गरेकी थिइन्। कमब्याक चलचित्रको रूपमा हेरिएको डियर मायामा मनिषाको कामले प्रशंसा पाएको थियो । तर राम्रो समीक्षा पाएको ‘डियर माया’ले ब्यपार भने राम्रो गर्ने सकेन।

भारतीय मिडिया अनुसार कयौँ सुपरहिट चलचित्रमा काम गरेकी मनिषाको करियर ड्रग्स सेवनले बिग्रिएको बताइएको छ। पहिलो चलचित्रबाट नाम र दाम कमाएकी मनिषाले आफ्नो स्टारडमलाई पछिल्लो चलचित्रमा देखाउन नसके पछि उनी तनावमा थिइन्। तनावको कारण नै ड्र्ग्स सुरु गरेको भारतीय मिडिया दैनीक भास्करले लेखेको छ। ड्रग्सको कारण चलचित्र कम पाउन थाले पछि उनको स्वास्थ्य पनि बिग्रिएको जनाइएको छ।

करियर डाउन भएसँगै उनले केही समय अघि नेपालका एक व्यवसायीसँग लगन गाँठो कसेकी थिइन्। तर उक्त विवाह दुई वर्ष सम्ममात्र रह्यो। डिभोर्स भएसँगै उनले बढी मात्रामा मध्यपान र ड्रग्सको सेवन गरेको बलिउड भास्करले लेखेको छ। यसै कारण पनि उनलाई केही राम्रो प्रोजेक्टबाट निकालि दिएको जनाएको छ। सन् २०१२मा डिभोर्स दिएकी मनिषालाई सोही वर्ष क्यान्सर भएको थाहा भएको थियो । क्यान्सर उपाचारको लागी उनले चार वर्ष लगाएकी थिइन्।

SUBSCRIBE 👉