पुनमको चर्चा : एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन २०१७


गत फेब्रुवरी ११ मा ‘न्यु योर्क फेशन वीक ३’ मा बिभिन्न १४ नेपाली जातजातिका पहिरनहरु पहिलोपटक अमेरिकाको अन्तरास्ट्रीय फेशन शो मा प्रदर्शन गरिएको थियो। न्यूयोर्कमा सम्पन्न वर्ल्ड फेशन द्वारा आयोजित ‘न्युयोर्क फेशन वीक ३’ मा नेपालबाट सहभागिता जनाएकी फेशन डिजाइनर एव चलचित्र निर्मात्री पुनम क्षेत्रि गौतमले तयार पारेका पहिरनहरुलाई अन्तरास्ट्रिय मोडलहरुले प्रस्तुत गरेका थिए। रास्ट्रीयता झल्किने पहिरनहरु डिजाइन गरेकाले उक्त अन्तरास्ट्रिय फेशन शोमा पुनमको निकै चर्चा भयो।

यतिबेला पुनम पुन: चर्चामा छिन्। अगस्ट १९ शनिबार, लण्डनको फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एक प्रेक्षालयमा आयोजना भएको ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन २०१७ ’मा डिजाइनर पूनम गौतमले तयार पारेका नेपाली पोशाकहरुका कारण पुनमको चर्चा फेरी चुलिएको हो।

डिजाइनर पुनमका सिर्जनाहरू पहिरिएर करिव एक दर्जन महिला मोडलहरु प्रस्तुत भए। पुरुष मोदलहरु व्राम्हण, क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा रनवेमा प्रस्तुत भए भने महिला मोडलहरु नेवार, थारु, राउटे आदि जातीका ‘फ्यूजन ड्रेस’ हरुमा देखिए। यो फेशन शोमा अरु सहभागी डिजाइनरले महिलालाइ मात्र र्‍याम्पमा उतार्दा पूनमको डिजाइनमा भने महिला र पुरुष मोडलहरु र्‍याम्पमा उत्रिएका थिए।

आफ्नो देशको रास्ट्रियता, मौलिकतालाई विश्व सामु चिनाउन एव संस्कृतीलाई झल्काउँन पाउँदा उत्साहित बनेकी पूनमको आगामी फ्रेवुअरीमा दुबइमा आयोजना हुने फेशन शोमा समेत नेपाली संस्कृती झल्कने पहिरन प्रस्तुत गर्ने भएकी छिन्।

SUBSCRIBE 👉