दया र बर्षाको ‘मिस्टर झोले’


चलचित्र ‘मिस्टर झोले’को प्रदर्शन मितिसँगै फस्टलुक बाहिरिएको छ। केही बर्ष अगाडि बनेको चलचित्र ‘झोले’को नाममा ‘मिस्टर’ थपेर तयार पारिएको यो चलचित्रलाइ रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राइ, दीया पुन, बर्षा राउत, वुद्धि तामाङ, प्रविण खतिवडालाइ देखाइएको छ। चलचित्रमा पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, सरोज अर्याल, मणिराम पोखरेल लगायतका कलाकारको पनि मुख्य भुमिका छ।

चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइले भित्ते घडी बोकेका छन्। यो चलचित्र पौष २८ गतेबाट रिलिज हुने भएको छ। रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाइ टेकेन्द्र खड्काले निर्माण गरेका हुन्। कमेडी कथामा बनेको यो चलचित्रले दर्शकलाइ पूर्ण मनोरञ्जन दिने निर्माणपक्षको दाबी छ।

SUBSCRIBE 👉