सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवलमा – नेपाली फिल्म ‘पंचायत’


नेपाली चलचित्र ‘पंचायत’ अमेरिकाको सनफ्रान्सिस्को शहरमा हुने ‘सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’ मा सहभागी हुने भएको छ।अक्टोबर २५ देखी २९ सम्म हुन लागेको फेस्टिवलमा सहभागीताका लागी चलचित्रका मुख्य कलाकार सरोज खनाल र नीता ढुंगाना अमेरिका जाने भएका छन्।

यो वर्षको ‘सानफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’मा हलीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गर्दैछन्। गत वर्ष आयोजित यो फिल्म फेस्टिवलमा नेपाली चलचित्र ‘तीन घुम्ती’ले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार पायको थियो। १५ बर्ष अघि बाट सुरु भएको यो फेस्टिबलमा गत वर्ष देखि नेपाली चलचित्रले पनि सहभागीता जनाउन थालेको हो।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्।फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ।


हेर्नुहोस् – पंचायतको टिजर | Panchayat | Nepali Movie Teaser | Shivam Adhikari | Neeta Dhungana | Saroj Khanal


SUBSCRIBE 👉