ट्रेलरमा एस्तो छ सबिर श्रेष्ठ निर्देशित फिल्म ‘कहिँ कतै’


सविर श्रेष्ठ निर्देशित फिल्म ‘कहिँ कतै’को अफिसियल ट्रेलर हाल सालै यु ट्युव मार्फत रिलिज गरिएको छ। रोमान्टिक र फेमिली ड्रामामा आधारित यो फिल्ममा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्म मार्फत शिवानी र सोनमले अभिनयमा डेब्यु गरेका छन्।

नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा फिल्मको प्रिमियर गरिने बताईएको छ। नेपाल प्रदर्शन मिति भने तय भएको छैन। नेपाल र सिक्किममा छायाँकन गरिएको यो फिल्मको ‘झ्वाइँया झान..’ रोमान्टिक गीत यु ट्युव हिट भईसकेको छ। तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छ। डोमेनिक सेभियो डिसुजासँग मिलेर उमा बेबीले फिल्म निर्माण गरेकी हुन्।

ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉