‘फिर्के’ गीत रिलीज : ईकुलाई क्रिस्टीको मायालु हुने रहर…


‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ। ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन्। गीतको भिडियोमा सुलेमान शंकर ‘ईकु’ र नव-नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ। गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ।

पौष १४ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन्। छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन्।

यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन्। यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन्। चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉