पंकज र स्वस्तिलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अवार्ड


ब्राजिलको पोर्टो एलेग्री शहरमा यही नोभेम्बर १५ देखि २० तारिखसम्म संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागि भएका पंकज सिंह ठकुरी र स्वस्ति वैद्यलाई सफलता प्राप्त भएको छ।

पुरुषहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर टिन ग्राण्ड इन्टरनेसल प्याजेन्ट २०१७’ मा पंकज सिंह ठकुरी फस्ट रनर अप विजेता बनेका छन् भने टिनएजरमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन ब्युटी प्याजेन्ट २०१७’ मा स्वस्तिले वेष्ट स्माइलको अवार्ड जितेकी छिन्। उल्लेखीत प्रतियोगिताका लागि नेपाललाई वेष्ट नेसनल डाइरेक्टरको अवार्ड पनि प्राप्त भएको छ। सो अवार्ड साएम सापकोटाले ग्रहण गरेका थिए।

बझाङ्का पंकज सिंह र भक्तपुर निवासी स्वस्ति वैद्य राजधानीमा एसएन इन्टरनेसनल इभेन्टस् तथा प्रिज मिडिया प्रा.लि.ले आयोजना गरेको मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०१७ का शीर्ष उपाधि विजेताहरु हुन्। दुवैजनाको अन्तर्राष्ट्रिय सहभागितालाई उल्लेखीत संस्थाले नै व्यवस्थापन गरेको थियो। ब्राजिल प्रस्थान गर्नु अगाडि पंकज र स्वस्तिले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकीकरण र तालिम प्राप्त गरेका थिए।

SUBSCRIBE 👉