‘राज्जा रानी’ ट्रेलरमा हेर्नुहोस् केकी सँग नाजीरको प्रेम


केकी अधिकारी र नाजीर हुसेन मुख्य भूमिकमा रहेको फिल्म ‘राज्जा रानी’को ट्रेलर रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो। कमेडी ‘पञ्च’लाई बढि प्राथमिकता दिइएको ट्रेलरमा फिल्मका मुख्य कलाकार केकी र नाजीर संगै कामेश्वर चौरासियाका दृश्यहरु देखाईएको छ। कमेडी जनरामा बनेको फिल्मलाई एमके पौडेलले निर्माण गरका हुन्। फिल्मका निर्देशन यम थापाले गरेका छन्, फिल्मको कथा पनि निर्देशक थापाले नै लेखेका हुन्। पौष २१ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको यसअघि नै टिजर र गीत सार्वजनिक गरिएको थियो। सम्पुर्ण छायांकन नेपालगंजमा गरिएको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्।

SUBSCRIBE 👉