प्रेमिकालाई बोलाउन बसन्तको ‘बहाना छैन’


basanta-rain-thapa ग्ल्यामर नेपाल, काठमाडौं । गायन क्षेत्रमा सक्रिय रहेका बसन्त घर्ती मगर अहिले मोडल रेन थापासँग चाहना र बाहनाको कुरा गर्नमा व्यस्त छन्। उनी रेनलाई त मनपराउँछन्, तर उनीसँग बोलाउने कुनै बहाना नै छैन्।

गायक बसन्तको पछिल्लो म्युजिक भिडियो ‘बाहाना’ बोलको म्युजिक भिडियोमा उनलाई रेनलाई नै बोलाउने बहानामा भौतारीरहेको अवस्थामा भेट्न सकिन्छ । उनले रेनलाई बोलाएर माया गर्ने बहाना बनाउँदै तालमा घुमेको देख्न सकिन्छ।

गायक बसन्तको पछिल्लो एल्बम ‘मेरो प्रेम’मा समावेश गरेको म्युजिक भिडियोलाई स्पन्दन स्वरहाङ राईले निर्देशन गरेका हुन्। स्पन्दनकै शब्द, संगीत रहेको गीतलाई गायक बसन्त र मनिला थापाले गाएका छन्। भिडियोका छाँयाकार जीवन श्रेष्ठ हुन्।

SUBSCRIBE 👉