शिशिरकी सुप्रियासंग गजितको प्रेम !


supriya-gajit
ग्ल्यामर नेपाल, काठमाडौं । राजमार्गमा फलफूल बेच्ने युवतीको रुप देखेर मख्ख परेका व्यक्तिले त्यही युवतीलाई काठमाडौं ल्याएर नायिका बनाउने तयारी गरिरहँदा युवती चाहिँ नायकसँगै माया गर्न थालेपछि ती व्यक्तिको मन कस्तो होला। राजमार्गमा फलफूल बेच्ने सुप्रिया कटुवालको जिन्दगी पनि त्यस्तै बनेको छ। यात्रारत अवस्थामा बाटोमा भेटिएकी सुप्रियाको रुपबाट मोहित भएका शिशिर राणाले सुप्रियालाई काठमाडौं ल्याएर नायिका बनाउन अपार्टमेन्ट मै बस्ने व्यवस्था मिलाउछन्। तर सुप्रिया चाहिँ एक फिल्मका नायक गजितसँग लठ्ठिन्छिन्।

नायिकासँगै आफ्नी श्रीमति पनि बनाउने सपना सजाएर राजधानी ल्याएका शिशिरको सपना त्यतिबेला चकनाचुर हुन्छ, जुन बेला शिशिरले सुप्रियालाई गजितसँग भेटछन्। समन अधिकारीले निर्देशन गरेको ‘फूल जस्तो रुप तिम्रो’ बोलको गीतको भिडियोमा शिशिर, सुप्रिया र गजितको यस्तो कथालाई देख्न पाईन्छ। कृष्ण काफ्लेको स्वर रहेको गीतमा दिपक शर्माको संगीत र सूर्य अधिकारीको शब्द छ। निशान घिमिरेको सम्पादन रहेको भिडियोमा शिवराम घिमिरेको छायांकन छ।

भिडियो हेर्नुहोस्

gajit-supriya

SUBSCRIBE 👉