दया र प्रियंकाको रोमान्टिक तस्विरहरुमा हेर्नुहोस् ‘हेप्पी डेज’


माघ १२ गते बाट प्रदर्शन हुने बहुप्रतीक्षित चलचित्र ‘ह्याप्पी डेज’को दुईवटा गीत रिलिज भइसकेका छन्। ‘युट्युब’ मा ‘चेप्टे चेप्टे पेरुंगो’ र ‘तिमी बिना’ बोलका गीतहरूलाई दर्शक श्रोतहरुले निकै रुचाएका छन्। मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रको केही समय अघि बेलायती राजधानी लन्डनमा भब्य ‘रेड कार्पेट’ विशेष शो गरिएको थियो।

चलचित्रको कथावस्तु र गीत एवम् संगीतपक्ष निकै राम्रो रहेको निर्देशक तथा निर्माता मिलन चाम्स बताउँछन्। पैसा कमाउने सपना बोकेर विदेश हिँडेका दुई युवाले गरेको संघर्षको कथामाथि यो चलचित्र बनेको छ। चलचित्रको छायांकन नेपाल, लन्डन, वेल्स र स्कटल्याण्डमा गरिएको हो।

Nepali Movie ‘Happy Days’ Song ‘Timi Bina…’ | Priyanka Karki, Sanjay Gupta


चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुनलगायतका कलाकारहरुको अभिनय छ। सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतले संयुक्त रुपमा लेखेको कथामा तयार भएको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत छ। रामकुमार केसीले खिचेको चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका छन्। चलचित्रमा निर्देशक मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन छ। अशोक बंशल, भवानी शर्मा, हिरालाल जोशी र मिलन चाम्स यस चलचित्रका निर्माता हुन्।

Happy Days Song ‘Chepte Chepte Perungo’ | Dayahang Rai, Diya Pun


SUBSCRIBE 👉