हङकङमा केकीलाई कसले बनायो एक्लो ?


गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘एक्लोपन’ को म्युजिक भिडियो रिलिज गरिएको छ। सुवास गुरुङ निर्देशित भिडियोमा नायिका केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन्। हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो सुन्दर बनेको छ। विक्रम गुरुङले छायाँकन गरेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन्। अरेञ्ज उदयराज पौडेलको छ। गीतमा बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द सुन्न सकिन्छ। यो गीतले दर्शक तथा श्रोताको मन जित्ने संगीतकार लिम्बु र शब्दकार चरचनाकार भद्रकलाले विश्वास लिएका छन्।

SUBSCRIBE 👉