८ पोस्टरमा हेर्नुहोस् दया र प्रियंकाको ‘ह्याप्पी डेज’ ​


माघ १२ गते बाट देशब्यापी रिलिज हुन् लागेको फिल्म ‘ह्याप्पी डेज’को पोस्टरहरु सार्बजनिक भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारको गति तिब्र बनाउदै फिल्म निर्माण युनिटले पोस्टरहरु सार्बजनिक गरेको हो। पोस्टरहरुमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ। क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ।

मिलन चाम्सले निर्देशन गरेको यो फिल्म नोभेम्बरमा बेलायत प्रिमियर भएको थियो। साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन्। फिल्ममा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ। यो फिल्म चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण भएको हो।

SUBSCRIBE 👉