‘मिस्टर झोले’ लाई जनवरी १४ तारिख हंगकंगमा हेर्न सकिने


दयाहाङ्ग राई, दिया पुन, बुद्धि तामाङ, वर्षा राउत अभिनित चलचित्र ‘मिस्टर झोले’को जनवरी १४ तारिख हङकङमा विशेष सो हुने भएको छ। मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने विशेष शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन्। ‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन्। ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट स-शुल्क बसको पनि व्यवस्था गरिएको छ।

रामबाबू गुरुङ निर्देशित सिनेमामा दया, दीया, बुद्धि र वर्षा संगै विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ। रामबाबुकै कथा लेखन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी छ। सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल हुन्। नेपालमा यो चलचित्र पुष २८ (जनवरी १२) बाट प्रदर्शनमा हुँदैछ।

SUBSCRIBE 👉