हिन्दि चलचित्रका कारण ‘ह्याप्पी डेज’ रिलिज स्थगीत


माघ १२ गते बाट अल नेपाल रिलिज हुने मिति तय गरिएको दयाहाङ राई, प्रियंका कार्की अभिनित फिल्म ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति स्थगीत भएको छ। सोहि मितिमा बलिउडका दुई फिल्म प्रदर्शनमा आउने भएपछि ‘ह्याप्पी डेज’को मिति स्थगन गरिएको हो। मिलन चाम्स निर्देशित यो फिल्म अब कुन मितिमा रिलिज गर्ने बारे केहि बताईएको छैन। यस अघि चलचित्र ‘२.०’का कारण चाम्सकै निर्देशन रहेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति पनि सार्नुपरेको थियो।

Happy Days: Priyanka Karki Sanjay Gupta | Directed by Milan Chams

माघ १२ मा अक्षय कुमारको ‘प्याड म्यान’ र विवादित फिल्म ‘मद्यमावती’ एकसाथ प्रदर्शनमा आउने भएपछि मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ उक्त मितिमा रिलिज नहुने भएको हो। बलिउडका दुई फिल्म रिलिज हुँदा नेपाली फिल्मको मल्टिप्लेक्स सोहरू कम हुन आउँछ।

SUBSCRIBE 👉