कस्तो छ ‘मिस्टर झोले’ ? – दर्शक प्रतिक्रिया [भिडियो सहित]


शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले दर्शकको राम्रो साथ पाएको छ। पहिलो दिन ७० प्रतिशत अकुपेन्सी रहेको फिल्मले शनिबार ९० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोविन्द शाहीले बताएका छन्। राजधानि चिसो बढेपछि शनिबार विहानका शोहरु केहि प्रभावित भएपनि दिउँसो र बेलुकाका ९० प्रतिशत शोहरु हाउसफुल रहेको शाहीको भनाई छ।

शनिबार राजधानीका केहि मल्टीप्लेक्समा फिल्मका कलाकारसहित निर्माताहरु दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए। जहाँ दर्शकले फिल्म एकदमै मन परेको प्रतिक्रिया दिएका छन्। फिल्मको कमेडी पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन्। निर्माताद्वय टेकेन खड्का र रौनकविक्रम कँडेल दर्शक प्रतिक्रियाबाट उत्साहित भएका छन्। फिल्मको माउथ पब्लिसिटी पनि राम्रो भएकाले आगामी दिनमा दर्शक अझैं बढ्न सक्ने दुवै निर्माताले आशा व्यक्त गरेका छन्।

फिल्मका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक यतिबेला हङकङमा हुने विशेष शोको लागी हङकङ पुगिसकेका छन्। दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ।

रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन्।

SUBSCRIBE 👉