‘नेपाल आइडल’बाट चर्चित सागर आलेको भ्यालेन्टाइन स्पेशल म्युजिक भिडियो

नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ। प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो। राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा


नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ। प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो। राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ। सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन्।

SUBSCRIBE 👉