बेनिशा हमालको तारिफ योग्य अभिनय । हेर्नुहोस् ‘ब्लाइन्ड रक्स’ ट्रेलर


दृष्टि विहिन सृष्टि केसीको जीवनीमा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सृष्टिको जीवनीलाई प्रस्ट्याउने प्रयास गरिएको ट्रेलरमा सृष्टिको भूमिकामा देखिएकी बेनिशा हमालको अभिनय तारिफ योग्य छ। फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह लगायतका कलाकारको पनि अभिनय छ। मिलन चाम्सले निर्देशन गरेको यो फिल्म निकेश लिम्बुले निर्माण गरेका हुन्। यो फागुन १८ गतेबाट अल नेपाल रिलिज हुँदैछ। केहि समय अघि बेलायतमा गरिएको प्रिमिएर सोमा यो फिल्मले निकै तारिफ पायको थियो।

SUBSCRIBE 👉