झोला हेर्ने राष्ट्रपतिको इच्छा


Actress Garima Panta

Actress Garima Panta

ग्ल्यामर नेपाल, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सती प्रथाको कथालाई ज्वलन्त रुपमा प्रस्तुत गरिएको नेपाली फिल्म ‘झोला’ हेर्ने इच्छा व्यक्त गरेका छन्। श्रीलंकाको राजधानी कोलम्बोमा हालै सम्पन्न सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’बाट सार्ककै उत्कृष्ठ अभिनेत्रीको अवार्ड जितेकी गरिमा पन्तलाई बधाई दिन राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनले फिल्म हेर्ने इच्छा जाहेर गरेका हुन्।

‘उहाँले फिल्म हेर्ने इच्छा व्यक्त गर्नुभएको छ,’नायिका गरिमाले भनिन्। उनका अनुसार फिल्म युनिटले राष्ट्रपतिलाई फिल्म हेराउने तयारी गरिरहेको छ। नायिका गरिमाले राष्ट्रपतिले आफुलाई बधाई दिँदै जुन क्षेत्रमा काम गरे पनि देशका लागि भलाई हुने काम गर्न आग्रह गरेको बताईन्। एक वर्ष अघि निर्मित यो फिल्मले व्यावसायिक रुपमा सफलता हात पारिसकेको छ। यादव भट्टराई निर्देशित फिल्म साहित्यकार कृष्ण धाराबासीको ‘झोला’ कृतिमा आधारित छ।

SUBSCRIBE 👉