एक सेलिब्रेटी, जो जानी जानी एस्तो लाजमर्दो हर्कत गर्छिन?

बोल्ड ड्रेसमा सार्वजनिक कार्यक्रममा पुगेकी शार्लेट डासनलाई पहिरन सम्हाल्नै हम्मेहम्मे परेको थियो। रियालिटी टिभी स्टारको चर्चामा आएको त्यो पुरानो फेसन प्रसंग।

ग्ल्यामर उद्योगमा एउटा मान्यता स्थापित छ, ‘नाम होस्, बदनाम होस्, गुमनाम नहोस्।’ यसको अर्थ सेलिब्रेटीहरु जसरी हुन्छ, चर्चा चाहन्छन। उनीहरु हरबखत चर्चाले परिचर्चा माझ रहन रुचाउँछन्। यसै कारण उनीहरु अनेक फन्डा अपनाउन पनि पछि पर्दैनन्। यस्तो फन्डा अपनाउनका लागि हलिउड अभिनेत्रीहरु बढी अग्रसर देखिन्छन।

उनीहरु लाज पचाएर पनि चर्चाका लागि अनेकौ हर्कत गर्छन्। उनीहरुले खुला पहिरन अर्थात रिवीलिंग ड्रेस लगाउने ट्रेन्ड नै छ। यस्तो पहिरन लगाउँदा नदेखाउनु पर्ने भाग पनि झल्याक झुलुक देखिने गर्छ। हालै एक सेलेब्रिटीले यस्तै हर्कत गरेर चर्चामा आईन। उनको नाम हो शार्लेट डासन। शार्लेट ‘एक्स अन द बीच’ र ‘सेलेब्स गो डेटिङ’ जस्ता रियालिटी कार्यक्रमबाट परिचित टेलिभिजन व्यक्तित्व हुन्। उनी चर्चित हास्यकलाकार लेस डासनकी छोरी पनि हुन्।

केही समयअघि एक इभेन्टमा उनले एकदमै खुला लुगा लगाएकी थिइन्। यस लुगामा उनी असहज देखिन्थिन्। उनी पटक पटक आफ्नो लुगा मिलाउनमै समय खर्चिरहेकी थिइन्। यसो गर्दा उनको माथिल्लो अंग भने उदाङ्गो हुन्थ्यो त कहिले तल्लो भाग। आकर्षक देखिन रोजेको पहिरन सम्हाल्नै गाह्रो भयो। खुला डिजाइनको ड्रेसमा पुगेकी उनी पटकपटक पहिरन मिलाउँदै देखिएकी थिइन्।

तर उनले यो जानीबुझी नै गरेको धेरैले टिप्पणी गरे। उनले चर्चामा आउनका लागि वा उपस्थित भिडको ध्यान आफूतिर तान्नका लागि यस्तो पहिरन लगाएको भनाई छ। उनको पहिरनसँगै त्यसलाई सम्हाल्न परेको असहज अवस्थाले पनि चर्चा पाएको थियो। ड्रेस मिलाउने क्रममा शरीरका केही भाग अनपेक्षित रूपमा देखिएपछि उनको उपस्थितिबारे विभिन्न टिप्पणी भएका थिए।

तस्वीरमा आकर्षक देखिने पहिरन लगाएर हिँडडुल गर्न वा सार्वजनिक कार्यक्रममा सहज रहन भने सधैँ सजिलो हुँदैन। डिजाइनसँगै फिटिङ र सहजताले पनि उत्तिकै अर्थ राख्छन्।

SUBSCRIBE 👉