तीन पानेको झोलले तनाव (भिडियो)


aayusha-raiतीन पानेको झोल म्युजिक भिडियो

ग्ल्यामर नेपाल, काठमाडौं । रेष्टुरेन्टमा बसेर रक्सी खानुको मजा नै बेग्लै हुन्छ। तर त्यही रेष्टुरेन्टमा बसेर रक्सी खाँदै केटी जिस्क्याउँदा भने स्थिति तनावपूर्ण नै हुन्छ। युवा गायक राजेश राईले हालै सार्वजनिक गरेको म्युजिक भिडियो ‘तीन पानेको झोल’मा अभिनय गर्ने कलाकारहरुले पनि रक्सी खाँदै केटी जिस्क्याउँदा कुटाई खाएको घटनालाई नजिकबाट नियाल्न सकिन्छ।

ससान कँडेलले निर्देशन गरेको भिडियोमा अंकित, राज, आर्जेश, आयुशा, सेलिना, बाल्मिकी र सुवासले अभिनय गरेका छन्। मञ्जु श्री खरेलले लेखेको गीतमा विनय केटुले संगीत भरेका छन् । अर्जुन पोखरेलले सम्पादन गरेको भिडियोका छाँयाकार ज्ञानेन्द्र शर्मा हुन्।

SUBSCRIBE 👉