‘लन्डन फेसन वीक’मा अनिताको क्याट-वाल्क


यूके बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले सेन्ट्रल लन्डनमा गत फेब्रुअरी १८ मा भएको ‘लन्डन फेसन वीक’मा क्याट वाल्क गरेकी छन्। हिल्टन वाल्डरोफ नामक होटलमा भएको कार्यक्रममा उनले युरोपका विभिन्न देशबाट आएका ‘क’ वर्गका फेसन डिजाइनरहरुको डिजाइनमा शोमा क्याट वाल्क गरेकी हुन्।

अनिताका अनुसार उनले एग्नेस क्रिभानिक्स, हिबा अगल, जुडिथ जोन्स, माइकल लोम्बार्ड र मोनिका जोन्सका पहिरनलाई फेशन सोमा प्रस्तुत गरेकी थिइन्। यो फेशन शोमा जेफ गार्नरको डिजाइन पनि प्रस्तुत गरिएको थियो। जेफको डिजाइन हलिउड सेलिब्रेटीहरु रिहाना र टेलर स्विफ्टले लगाउने गरेका छन्।

अनिताले फेब्रुअरी १७ मा लण्डनकै क्लेटोन होटलमा भएको लण्डन फेसन विकमा इथान म्याकपर्सन, फुसिआ ब्लिङ र सलिमभइबा इझानको डिजाइन लगाएर रनवे मा देखा परेकी थिइन्।

SUBSCRIBE 👉