पुर्णिमाको ‘हिरोज’ ट्रेलरमा करिष्मा मानन्धरको एस्तो रुप!


चैत्र २३ गतेबाट रिलीज हुन् लागेको चलचित्र हो ‘हिरोज’ जुन चलचित्रलाई एक्सन निर्देशक एन बि महर्जनले निर्देशन गरेका हुन्। यो चलचित्रको ट्रेलर रिलीज गरिएको छ। ट्रेलरमा सुकम्बासी बस्ति र माया प्रेमको कथा उठाईएको छ। पुर्णिमा लामाले निर्माण गरेको चलचित्रको मुख्य भूमीका समेत उनि आफै देखिएकी छिन् भने चलचित्रमा करिस्मा मानन्धर, मुकेस ढकाल, दिनेश डिसी, संजोक राणा लगायतले अभिनय गरेका छन्।

‘हिरोज’मा संगीत टंक बुढाथोकी र विकास चौधरीको छ। चलचित्रका गीतहरुमा कोरियोग्राफी कमल राई, कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्। सञ्जोग रानाकै कथामा बनेको चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गरेका हुन्। चलचित्रलाई पुर्णिमाले आफ्नो ब्यानर महालक्ष्मी फिल्मिसको ब्यानारमा निर्माण गरेकी हुन्।

SUBSCRIBE 👉