रिसाएकी केकीलाई फकाउँदै नारायण


टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा देखा परेका छन्। नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो हालै रिलिज गरिएको छ। आफ्नै शब्द संगीत र स्वरमा रहेको ‘जाम पारी पारी’ बोलको गीतको भिडियोमा केकी अधिकारी र नारायणको अभिनय हेर्न सकिन्छ। दुखि बनेकी प्रेमिका केकीलाई नारायणले माया प्रेमले फकाउदै आफ्नै दुनियाँमा लगेको र सुखी जीवनको शुरुवात गरेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी एण्ड टीमले छायांकन र निशान घिमिरेको सम्पादन छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉