नेपाली गायक अमिरको हिन्दि गीत – तेरे बिना…


गायक अमिर शेख यति बेला भारतीय संगीत बजारमा संघर्ष गर्दै छन्। भारतको चर्चित म्यूजिक कम्पनी जी म्यूजिकले उनको पहिलो एल्बम बजारमा लिएर आएको छ। उनै गायक अमिरको एल्बममा समावेश एक गीत “तेरे बिना” बोलको भिडियो सार्वजनिक भएको छ। सार्वजनीक गीतमा प्रिय सरियाको रचना रहेको छ भने गायक स्वयमको संगीत रहेको छ। कैलाश स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको रेकर्ड निरज सिंहले गरेका हुन्। रेनुका सिंह र गायक अमिरकै केमेस्ट्रीमा बनेको उक्त गीतको मास्टरिङ्ग चर्चित संगीतकार ए आर रेहेमानको साउड इंजीरिङ्ग डोनाल्ड व्हेलनले गरेका छन्।

SUBSCRIBE 👉