आकाश कि नाजिर, साम्रागीको मन को सँग ? ट्रेलरमा हेर्नुहोस् – ‘तिमि सँग’


चैत्र २३ गतेदेखि देशभरका सिनेमा हलहरुबाट एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमि संग’को अफिसियल ट्रेलर रिलिज भएको छ। राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर रिलिज गरेको हो। नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका छ।

काठमाण्डौं, पोखरा, घोरेपानि, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपारसी लगायतका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई शुशिल क्षेत्रीले खिचेका हुन्। प्रमोद कार्की डिओपीमा छन्।

त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक चलचित्रको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन्। शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर तिमि संगको स्कृनप्लेय तयार पारको हुन्। ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉