रियल जोडीको रियल कथा, हेर्नुहोस् मिलन चाम्सको ‘बोबी’ टिजर


सत्यकथामा आधारित फिल्म ‘बोबी’को टिजर रिलिज भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ। फिल्ममा यो जोडीको प्रेम, संघर्ष र सफलताको रियल कथा छ। विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन्। पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन्। फिल्ममा कविता र उमेश संगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ। टिजर हेर्नुहोस्।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत छ। फिल्मको रिलिज मिति भने सार्बजनिक गरिएको छैन। मिलन चाम्सकै निर्देशन रहेको अर्को फिल्म “लिली बिलि” भने चैत्र ३० गते बाट प्रदर्शनमा आउदैछ।

SUBSCRIBE 👉