हरर (भुताहा) फिल्म ‘सुनकेसरी’ ट्रेलर *एक्लै नहेर्नुहोला


नायिका ऋचा शर्माको निर्माण तथा अभिनिय रहेको नयाँ फिल्म ‘सुनकेसरी’ को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै फिल्म निर्माण समुहले ट्रेलर रिलिज गरेको हो। कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर (भुताहा) फिल्म बनाएको बताइन्। उनले भनिन् ‘अब सेतो साडी लगाएर दर्शक डराउदैनन। हरेक कुरा नेचुरल हुनुपर्छ। यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन।’

अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा ऋचा संगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारहरुको अभिनय छ। ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपाने सँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन्।

२ करोड बजेट मा निर्माण गरिएको भनिएको यो फिल्ममा अष्ट्रेलियन होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ। फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो। फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन्। यो फिल्म जेठ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ।

मन दरो पारेर फिल्मको ट्रेलर हेर्नुहोस्। * कृपया मुटु कमजोर हुनेहरुले एक्लै यो भिडियो नहेर्नुहोला

SUBSCRIBE 👉