‘बितेका पल’ मेलिना राईको म्युजिक भिडियो


गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिनाकै युट्युब च्यानलबाट ‘बितेका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। उत्तम जंग लिम्बुको संगीत रहेको उक्त गीतमा राज थेगिम अश्रुतको शब्द समावेश छन्। शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैं फिचरिङ छिन्।

गीत र भिडियोलाई लिएर आफु निकै उत्साहित भएको मेलिनाले बताइन्। उनले भनिन् ‘मैले भिडियोमा आफै अभिनय गरेको छु। यो मेरो सानो प्रयास हो। दर्शक श्रोताले मन पराइदिनु हुन्छ भन्ने आशा राखेको छु।’ फनिन्द्र राईले एरेन्ज गरेको यस गीतलाई मुकेश मुकारुङले मिक्सिङ गरेका छन्। भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

SUBSCRIBE 👉