सिता मैया राजचलको कर्ण-प्रिय ‘रोज गार्डेन’


गायनमा आफुलाई स्थापित गर्ने सोचका साथ प्रशिक्षण लिएकि सिता मैया राजचल, सितार बादनमा स्थापित भईन। सितार धुनकै तिन एल्बमलाई बजारमा ल्याईसकेकी सिता अझ अगाडी बढ्दैछिन्। संगीतमा मास्टर्स गरेकी सिताले संगीत पढाउँछिन् पनि। उनले ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी संगीत अध्यापन गराएकी छिन्।

पछिल्लो समय ‘संगीत थेरापी’ समेत दिनेगरेकी छिन्। ‘संगीत केवल मनोरंजनको साधन मात्र होइन’ उनको भनाई छ। उनले संगीतलाई माध्यम बनायर विभिन्न रोगको उपचार समेत गर्ने गरेकी छिन।

बिक्रम संवत २०५४ सालबाट नै स्टुडियोमा सितार बजाउन थालेकी सिताले केहि गीतहरु गाएकी छिन। तर , उनि सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन। सन् २००४ मा ‘परम्परा’ र सन् २०१२ मा ‘टकिङ स्ट्रिङस’ नामक धुन संग्रहित एल्बमलाई बजारमा ल्याईसकेकी छिन। यिनै सिताले सन् २०१८ मा ’जर्नी अफ फ्रेट्स’ नामक धुन संग्रहित एल्बमलाई लिएर आएकी छिन।

पछिल्लो समय गायन र त्यसमा जोडिएको संगीतले चर्चा पाईरहदा सिता भने सितार मार्फत नै आफुलाई आउदा दिनमा अगाडी बढाउँन चाहन्छिन। सितार बादनकै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सिताले पछिल्लो समय उभिएरै सितार बजाउने गरेकी छिन।

उनको पछिल्लो एल्बम ‘जर्नी अफ फ्रेट्स’ मा आठ धुन संग्रहित छन्। एल्बममा वर्षा, द जर्नी, नटी माइण्ड, रोज गार्डेन, स्टेला अँन ड्रिम, रि युनियन, मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट संग्रहित छन्। एल्बममा रहेको रोज गार्डेनको भिडियो समेत रिलिज भईसकेको छ। भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवालले अभिनय गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र प्रकाश तुलाधरको सम्पादन छ। सांगीतिक भिडियो प्रतिमा थापाले निर्माण गरेकी हुन्। धुन ‘रोज गार्डेन’को कम्पोजर र एरेन्जर जुगल डंगोल हुन्। कर्णप्रिय धुनमा अनुप दासको गिटार, नगेन्द्र राईको बाँसुरी, लक्ष्मीप्रसाद डंगोलको तबला र थोमस बर्चीको मुर्चुङ्गा बादन सुन्न सकिन्छ।

SUBSCRIBE 👉