जलपरीसँग प्रेम ! राजनको ‘खाली खाली… ‘ म्युजिक भिडियो


गायक राजन तिमिल्सिनाको रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ। तिमिल्सिनाले आफ्नै यूट्युब च्यानल मार्फत इन्टरनेट दुनियामा गीत रिलीज गरेका हुन्। राजनको आफ्नै संगीतमा गीतमा राजनको साथमा बेपिका बस्नेतको स्वर रहेको छ। गीतलाई यमन सुवेदीले लेखेका हुन्। गीतको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ। भिडियोमा मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ। यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन्। गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका छन्। शिलन लम्शाल भिडियोका सम्पादक हुन्।

SUBSCRIBE 👉