क्लासिक लुक्समा करिश्मा (म्युजिक भिडियो)


karishma-manandhar-hot-photo
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली रजतपटकी सर्वाधिक सुन्दरी नायिका करिश्मा मानन्धर पछिल्लो समयमा फिल्ममा कमै मात्र देखिन्छिन्। अमेरिका बसेर नेपाल फर्केपछि उनी अभिनयमा कमैमात्र सक्रिय छिन्। यी नायिका आजभोलि केही म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिरहेकी छन्।

हालै सार्वजनिक गरिएको प्रनिश मास्केको स्वर रहेको ‘जुन तारासँगै रातमा आउँछु’ बोलको गीतको भिडियोमा करिश्मालाई अभिनय गरेको देख्न पाइन्छ। सन् १९७० को दशकको झल्को दिने उनको पहिरन र अभिनय क्षमता निकै तारिफ योग्य नै छ। सुन्दरता का कारण प्राय चर्चामा रहिरहने करीश्मा यो म्युजिक भिडियोमा पनि अत्यन्तै सुन्दर देखिएकी छिन्। केहि समय अघि रिलिज भएकोचलचित्र “किन किन” मा करिश्मालाई यस्तै लूक्समा प्रस्तुत गरिएको थियो। सिनेमा निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेको भिडियोमा कमल राईको नृत्य, निलिमा शर्माको कष्ट्युम डिजाइन र हरि हुमागाईंको छायाँकन रहेको छ।

SUBSCRIBE 👉