ताराप्रकाश र मेलिनाको गीतमा निराजन र सिम्रनको प्रेम


पछिल्लो समय चर्चामा रहेकी गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। ‘निश्चल हिमाल झैँ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा तारा प्रकाश कै संगीत र दीपेन्द्र थाम्सुहाङको शब्द सुन्न सकिन्छ। भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रन श्रेष्ठ फिचरिङ छन्। आकर्षक लोकेशनमा खिचिएको भिडियोमा निराजन र सिम्रनको जोडी मिलेको देखिन्छ। भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉