नाम वर्षा, फिल्म खडेरी


barsha-siwakoti
ग्ल्यामर नेपाल, काठमाडौं । वर्षा सिवाकोटी अभिनित पहिलो फिल्म ‘नाई नभन्नु ल २’ ब्लकबस्टर भयो। डेब्यु फिल्म नै हिट भएका कारण वर्षालाई भ्याईनभ्याई हुनुपर्ने हो। तर ‘नाई नभन्नु ल २’को सफलताले वर्षालाई फिल्मको वर्षा होइन्, खडेरी लागेको छ। किनभने फिल्मले पाएको सफलताको फाइदा उनको करिअरमा देखिएको छैन्। यदि त्यस्तो नहुँदो हो त फिल्ममा अभिनय गर्न छाडेर म्युजिक भिडियोमा मोडलिङ गर्नुपर्ने बाध्यता हुने थिएन्।

उनले हालै राज सागरले गाएको ‘छौ कहाँ तिमी…’ बोलको गीतमा मोडलिङ गरेकी हुन्। फिल्मबाट अफर नआएपछि अरु भिडियोमा पनि मोडलिङ गर्ने सोचमा छिन् उनी। खासमा ‘नाई नभन्नु ल २’मा प्रचार गरिए अनुरुप सशक्त भूमिका नभएकाले सफलताको क्रेडिट वर्षाको पोल्टामा नपरेको हो। फेरि सुरजसिंह ठकुरी, प्रियंका कार्की, सरोज खनालका कारण पनि उनि छाँयामा परेकी हुन्। त्यसैले आजकल वर्षाले म्युजिक भिडियो र फोटोसुटमा नै चित्त बुझाउनु परेको छ।

SUBSCRIBE 👉