बलात्कृत हर्षिकाको यस्तो संघर्ष !


काठमाडौं । व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको नयाँ गीत ‘मेरो बाबा’ सार्वजनिक भएको छ । कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर राजधानीमा आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो । विश्व नेपालीको स्वर तथा संगीत रहेको गीतमा हर्षिका श्रेष्ठ र शिव श्रेष्ठ प्रमुख भूमिकामा फिचरिङ गरेका छन् ।

गीतकार अस्मिताले गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन् । ‘बाबा आमा विना आफ्नो अस्तित्व हुँदैन । यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिइनँ । त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ ।’उनले भनिन् ।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय छ । भिडियोमा कलेज जाँदा बलात्कृत भएकी हर्षिकाले घरमा आएर शिवको सल्लाहमा प्रहरी बनेपछि आफूलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको दृश्य देखाइएको छ । भिडियोमा उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

SUBSCRIBE 👉