रेखा थापाको फिल्म ‘मालिका’मा के छ ?


नायिका रेखा थापाको फिल्म ‘मालिका’को ट्रेलर रिलिज गरिएको छ। लोकप्रिय नायिका रेखा थापा आफैले निर्देशन गरेको फिल्म ‘मालिका’को २ मिनेट १७ सेकेण्ड लामो ट्रेलरमा मर्मस्पर्शी र घतलाग्दा सम्वाद तथा सामाजिक रुपान्तरणको गहन विषयवस्तुको झल्को पाइन्छ। कार्तिक १६ गते रिलिजको मिति तय गरिएको मालिकाले विशेषतः बालविवाहविरुद्धको कथावस्तुमा केन्द्रित छ। जाजरकोटकी कमला वली मालिकाकी नयाँ प्रस्तुतिका रुपमा छिन्। कहिल्यै टेलिभिजन नहेरेकी, अभिनयमा कहिल्यै नजोडिएकी र पहिलोपटक गाडी चढेर काठमाडौं आएकी कमलाको अभिनय राम्रो छ।

“डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओढ्नेहरुको छ”, “पहिले मान्छे बनेर देखाऊ, छोरी मान्छे त्यसपछि बन्ने”, “आफन्त ती होइनन्, जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिँदैनन्”, “डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्” जस्ता गहन र ट्रेलरमा दमदार सम्वादहरु सुन्न सकिन्छ।

यसअघि रेखाले समाजमा व्याप्त एसिड आतङ्कविरुद्ध “रुद्रप्रिया”, अपाङ्गताको बिषयमा “हिम्मतवाली”, श्रमिक महिलाको बिषयवस्तुमा “रामप्यारी” र महिलामाथि हुने विभेद र असमानताविरुद्ध “काली” निर्माण गरेकी थिइन्। – ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉