नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्ध । ‘नालापानी’को अफिसियल टिजर


सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘नालापानी’ को अफिसियल टिजर रिलिज गरिएको छ। यो फिल्ममा भिएफएक्सको अधिक प्रयोग गरिएको छ। राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ। पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन्। रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।

बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन्। प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ। ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा गणेश कार्की छन्। सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ। फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन। टिजर हेर्नुहोस्

SUBSCRIBE 👉