फेसन सोमा देखिए तीन स्तन भएका मोडल


तीन वटा स्तन भएका महिला कस्ता होलान् ? यो अनौठो कल्पना धेरैले गर्दैनन्। तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिए। इटालीको स्ट्रिटवेयर ब्रान्ड जीसीडीएस (गड क्यान्ट डिस्ट्रोय स्ट्रिटवेयर) ले तीन जना यस्तै मोडललाई क्याटवाकमा उतारेको हो। खासमा ती मोडल तीन वटा स्तन भएको ब्रा ‘लाइक्रा स्पोर्ट्स ब्रा’मा सजिएर र्याम्पमा उत्रिएका थिय।

फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

जुन दोस्रो ग्रहका महिलाको काल्पनिक चित्रण हो । फेसन दुनियामा सृजनशील मानिने यो डिजाइनमा विश्व विख्यात मोडलहरु प्रस्तुत भएका हुन्। फेसन सोमा उनीहरु नै आकर्षणको केन्द्र थिए। साथै तीन स्तन भएका महिलाको काल्पनिक चित्रणका कारण फेसन सोमा उपस्थित धेरैले जीसीडीएस ब्रान्डलाई रुचाए। केहीले भने यसप्रति कडा टिप्पणी पनि गरको छन्।

SUBSCRIBE 👉