म्युजिक भिडियो: साइँली र माईली पोइल गएछन्, गाउँघर नै सुन्य पारेर…


साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारेर…’ कुनै समय अत्यन्त लोकप्रिय यो गीत आज पनि कर्णप्रिय छ। मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतमा उक्त गीत उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए। अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ। गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन्। किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन्।

निर्देश्ँक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन्। भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ। भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन्।

SUBSCRIBE 👉