वैज्ञानिकको नजरमा परफेक्ट फिगर भएकी मोडल


विभिन्न मापदण्डका आधार बनाएर मोडल तथा अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको छ। केली रुक संसारकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन्। अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए। जसबाट केली ब्रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी हुन्।

केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्ड पुरा भएको छ। बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन्। हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो। जसका कारण उनी तनावमा थिइन्। यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ। तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन्।

SUBSCRIBE 👉