सारालाई पाउन सलोन र बिनोदले यो के गरे?


रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘सुश्री सम्पति’को ट्रेलर रिलिज गरिएको छ। ट्रेलरमा बेरोजगार दुई युवाले सुश्री सम्पत्ति पाउनको लागी गरिने संघर्षको कथालाई उजागर गरिएको छ। फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेलको मुख्य भूमिका छ। यो फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा रहेकी छन्।

भिडियो हेर्नुहोस् : सुश्री सम्पति पाउनकालागि सलोन र बिनोदको एस्तो हर्कत!

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार मिलेर यो फिल्ममा लगानी गरेका छन्। सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको यो फिल्म
मंसिर २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉