कीर्तिपुरमा यसरि गरिएको थियो आक्रमण : कीर्तिपुर ‘द लिजेन्ट अफ कीर्तिलक्ष्मी’


फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको छ। तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक यो चलचित्रको नयाँ ट्रेलर रिलिज गरिएको छ।

प्रदीप खड्गीद्वारा निर्देशित यो चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन्। विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ चलचित्रका निर्माता हुन्। शंकर महर्जन र नविन जोशीले यो चलचित्रलाई छायांकन गरेका हुन्। चलचित्रमा अभिनेता एसराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन्।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउँछन्। सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ। यो चलचित्र असार १३ गतेदेखि प्रदर्शन हुँदैछ।

Kirtipur – The Legend of Kirtilakshmy

Nepali Movie KIRTIPUR (The legend of KirtiLakshmy) Trailer

SUBSCRIBE 👉