मनकारी बलिउड स्टार शाहरुख खान


कोरोना भाइरस विरुद्धको लडाइँमा बलिउड स्टार शाहरुख खान पनि निकै मनकारी देखिएका छन्। अनेक माध्यमले सरकारलाई निरन्तर सहयोग गर्दै आइरहेका उनले महाराष्ट्र सरकारलाई २५ हजार पर्सनल प्रोटेक्टिब इक्विपमेन्ट (पीपीई) किट्स उपलब्ध गराए।

प्रदेशभर रहेका मेडिकल टिमको सुरक्षाका खातिर उनले यो सहयोग प्रदान गरेका हुन्। शाहरुखको यो सहयोगलाई लिएर महाराष्ट्र सरकारका लोक स्वास्थ्य तथा परिवार कल्याणमन्त्री राजेश टोपेले ट्विटरमार्फत धन्यवाद प्रकट गरेपछि अहिले शाहरुख सोसियल मिडियामा प्रशंसाका पात्र बनिरहेका छन् । शाहरुखले कोराना भाइरसविरुद्धको लडाइँमा यतिमात्रै सहयोग गरेका होइनन्।

यसअघि उनी र उनको पत्नी गौरीले क्वारेन्टेन क्षमता विस्तार गर्नका लागि बृहन्मुुम्बई युनिसिपल कर्पाेरेसन (बीएमसी)लाई निजी अफिस उपलब्ध गराए। शाहरुखकै कम्पनीहरु रेड चिलिज इन्टरटेन्मेन्ट, रेड चिलिजि वीएफएक्स, कोलकता नाइट राइडर्सले पनि प्रधानमन्त्री र प्रदेशस्तरीय सरकारका कोराना कोषमा सहयोग गर्ने बताइसकेका छन्।

SUBSCRIBE 👉