आफ्नै भिडियोले सुष्मालाई तनाव!


लकडाउनले गर्दा घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन्। पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुराना अन्तर्वार्ताका भिडियो क्लिपहरू सेयर गर्ने क्रम पनि बढिरहेको छ। खासगरी अभिनेत्री सुष्मा कार्की अहिले यो ट्रेन्डको शिकार भइरहेकी छिन्।

अन्तर्वार्ताका क्रममा संयमता नअपनाउँदा सुुष्मा धेरैपल्ट चुकेकी छिन्। जस्तो केही वर्षअघि एक अन्तर्वार्तामा अभिनेत्री पुजा शर्माबारे जिज्ञासा राख्दा उनले ‘छयाछया भयो’ भन्दै हाँसेर उडाइदिएकी थिइन्। त्यस्तै अर्को एक भडियो वार्तामा गायिका मेलिना राईबारे सोधिएको प्रश्नमा उनले “मसँग क्लोज छैन, थाहा छैन मलाई मेलिना राई” भन्दै जवाफ फर्काएकी थिइन्। यस्तो टिप्पणीका कारण उनी तेतिबेला आलोचनाको पात्र बनिन्।

अहिले यी पुराना भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरलमा भइरहेका छन्। टिकटकमा बढी नै सेयर भइरहेका छन्। यही कारण सुष्मा ट्रोलको शिकार भइरहेकी छिन्। ‘पुजा शर्मा, मेलिना राई नचिन्ने, हु इज सुष्मा कार्की’ भन्दै दर्शकहरूले टिकटक भिडियो बनाएर अपलोड गरिरहेका छन्। ट्रोल र टिकटकमार्फत आफ्नो बढी नै टिप्पणी भएपछि सुष्मालाई समेत तनाव भएको छ।

उनले टिकटकमा भिडियो मार्फत पूजासँगको दुई तीन वर्षअघिको पुरानो भिडियो अहिले भाइरल गरेको भन्दै आपत्ति जनाएकी छिन्। ‘मिडियाले किन उचालेको यसरी ? किन दुष्मनी गराइदिनुहुन्छ ? हामी त अहिले राम्ररी बोलिरहेका छौं,’ उनले गुनासो गरेकी छिन्। यद्यपि मेलिनासँग जोडिएको ट्रोलबारे उनको कुनै प्रतिक्रिया सुुनिएको छैन।


कोल्ड मौसममा सुष्मा कार्कीको हट अवतार


समुद्री किनारमा सुष्मा कार्कीको हट पोज


उजन नेम्बाङको भिडियोमा सुष्मा र सोनिकाको कामुक अवतार


हङकङमा सुष्मा कार्कीको सेक्सी डान्स

SUBSCRIBE 👉