केकीमाथि विजयको प्रमाण अवार्ड होइन– नीता


actress-nita-dhungana

ग्ल्यामर नेपाल, काठमाडौं । सोमबार सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारको ह्यांग अझ हटेको छैन्। राष्ट्रपति डा. रामवरण यादवले वितरण गरेको अवार्डको अधिकांश विधा विवादमा परेको छ। फेसबुकका टाइमलाइन अवार्ड आयोजक चलचित्र विकास बोर्डको विरोधमा रंगीएका छन्। निर्देशक सम्झना उप्रेती रौनियार, अभिनेत्रीहरु प्रियंका कार्की, ऋचा शर्मा, रेजिना उप्रेतीले अवार्डको खुलेरै विरोध गरेका छन्। खासगरी ०६८ को उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी नीता ढुंगाना धेरै विवादमा फसेकी थिईन्। किनभने उनले अवार्ड पाएको ‘मसान’ फिल्ममा उनको सहायक भूमिका मात्र थियो, लिड रोलमा थिइन् केकी अधिकारी। त्यसैले केकीलाई नदिई नीतालाई पुरस्कार दिएपछि विवाद भएको हो। यसरी चौतर्फी आलोचना भएपछि नीताले केकीको प्रशंसा गर्दै फेसबुकमा स्ट्याट्स लेखेकी छिन्।

बुधबार बिहान पोस्ट गरेको स्ट्याट्समा नीताले केकीलाई फिल्म उद्योगकी सबैभन्दा माया र सम्मान गर्ने साथी भनेकी छिन्। ‘केकी फिल्म क्षेत्रकी सबैभन्दा राम्री अभिनेत्री हुन् र हामी फिल्ममा बाहिर पनि असाध्यै नजिक छौं,’ उनले अंग्रेजीमा लेखेकी छिन्, ‘त्यसैले मैले पाएको अवार्डले म नै नम्बर वान भएको वा केकीमाथि विजयी पाएको भन्ने प्रमाणित गरेको ठहर्दैन्।’ उनले जुरीको निर्णयलाई आत्मसाथ मात्र गरेको र सबैले यसलाई राम्रो दृष्टिकोणबाट हेर्ने विश्वास व्यक्त गरेकी छिन्।

neeta-keki-facebook-status-comment

Nita Dhungana Facebook Status

नीताको यो स्ट्याट्समा केकीकले कमेन्ट गरेकी छिन्। उनी पनि निकै सकारात्मक देखिएकि छिन्। ‘प्रिय तिमीसँग कुनै विवादको कुनै विषय छैन्। तिमीलाई माया गर्छु र उज्जवल भविष्यको लागि कामना पनि गर्छु।’ दुई हिरोइनबीचको यो मित्रता देखावटी हो कि बनावटी ? बुझ्न गाह्रो छ।

SUBSCRIBE 👉