‘क्रिप्टोकरेन्सी’ विवादमा नायिका प्रियंका कार्की

राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताएकी छिन्।


Priyanka Karki | Image Source: PartyNepal.Com

नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी छिन्। त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको छ। अहिले उनीसँग सोधपुछ भइरहेको सीआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। ‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो। त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका हौं ,’ प्रवक्ता महतोले भने।

सोधपुछको क्रममा प्रियंकाले क्रिप्टोकरेन्सी कारोबारीहरूले आफ्नो तस्बिरको प्रयोग गरेको बताएकी छन्। उनको फोटो प्रयोग गर्दै बिज्ञापन बनेको पाइएपछि सीआईबीले उनलाई सम्पर्क गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ। फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जु वा तथा ता स गैरकानूनी छ। यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो। सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा नै पुगेर बयान दिइन्। सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको जानकारी दिए लगत्तै प्रियंकाले फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै आइतबार उजुरी दिएकी छन्।

उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएको प्रहरीले जनाएको छ। राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताएकी छिन्।

Priyanka Karki Featured on Ruslan Fashion Swimwear Calendar

SUBSCRIBE 👉