‘गाेरु जुधाई’ देखाउँदै सुरुभयो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव


‘विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’काे नारा लिई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण सुरु भएकाे छ। ४६ मिनेट लामाे ‘गाेरु पर्व’ डकुमेन्ट्री देखाउँदै पाँच दिनका लागि याे महाेत्सव सुरु भएकाे हाे ।

महाेत्सवका अध्यक्ष केपी पाठकका अनुसार राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ३८ देशका ८९ फिल्म देखाइने छ। यस्ताे महाेत्सवले प्रदर्शन भएका अन्तर्राष्ट्रिय फिल्म हेर्दै आफ्नो फिल्ममेकिङकाे स्तर मापन गर्ने अवसर दिएकाे चलचित्र विकास बाेर्डकाे अध्यक्ष दयाराम दाहालले बताए।

‘फिल्म संस्कृति’ विकास गर्ने उद्देश्यसहित सुरु भएको यो पटकको महोत्सवमा ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ। नेपाली प्रतिस्पर्धामा पचास हजार नगद पुरस्कारसहितको ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ। यससँगै अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट इन्टरनेसनल फेडेरेसन अफ फिल्म सोसाइटिज डन किहोटे अवार्ड पनि प्रदान गरिनेछ।

यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिने छ। त्यस्तै नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा लघु फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

२१ गतेसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ। त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको सातवटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.