‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी


सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर रिलिज भएको छ। मंसिर २३ गते रिलिज हुने फिल्मको ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा हेर्न सकिन्छ। कमल एक्चै मगर निर्देशीत फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको अभिनय छ।

कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वद पस्कने दावी निर्देशक मगरको छ। निकै असहज परिस्थितमा छायांकन गरिएको फिल्मप्रति यसका कलाकारहरु पनि आशावादी छन्।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो। चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ। मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ।

SUBSCRIBE 👉