चलचित्रको स्क्रिप्ट लेख्दै अभिनेत्री थापा


jharana-thapa ग्ल्यामर नेपाल, काठमाडौ। अभिनेत्री झरना थापा पछिल्लो समय चलचित्र क्षेत्रबाट ओझेलीएकी छिन्। झरनाले अभिनय गरेको कुनै पनि चलचित्रले चमत्कार देखाउन सकेको छैन। जुनै अभिनेतासंग पनि सजिलै अभिनयका लागी राजी हुने अभिनेत्रीको रुपमा समेत परिचीत झरना आफैले निर्माण गरेको चलचित्र ‘फेसबुक’ले राम्रो ब्यबसाय नगरे पछि बिस्तारै हराउदै गएकी हुन्।

लामो समयको बिदेशी यात्राबाट फर्किए पछि कुनै सार्वजनिक कार्यक्रममा नदेखिएकी झरना केहिदिन अघि पुष्पा सुनुवारको ब्युटि पार्लर ‘स्टेप इन फर स्टाइल’को उद्घाटनमा पुगेकी थिइन। झरनाले पछिल्लो समय आफु हराउनुको कारण खुलाउदै भनिन्, ‘म अचेल आफ्नै चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त छु।’ आफुले लेखेको चलचित्रमा महिलाको भूमिका बलियो र हाल निर्माण भई रहेको चलचित्रमा भन्दा फरक चरीत्र हुने उनले खुलाइन्।

हुन त झरानाको फेसबुक भन्दा अगाडी घोषणा गरेको र दयाराम दाहालले निर्देशन गर्ने भनेको एक चलचित्र निर्माण हुने बाँकि छ। अहिले आफुले स्क्रिप्ट लेखिरहेको चलचित्रमा निर्देशक को ? रहने भन्ने बारे झरनाले खुलाइनन् , भनिन् लेखन सकिए पछि सबै सार्वजनिक गर्नेछु।
फोटो श्रोत: काठमांडू क्रेज डट कम

SUBSCRIBE 👉