फिल्म घोषणा कार्यक्रममा नायिकाको रोमान्चक नृत्य (भिडियो)


Neeta-Shohit (13)

ग्ल्यामर नेपाल काठमाडौं। फिल्म बनाएपछि निर्देशक र नायिका नाँच्नु कुनै नौलो कुरा होईन्, तर फिल्म निर्माणको घोषणा गर्दा खेरी नै दुईजना नाँच्नु आश्चर्यकै कुरा हो। निर्देशक योगेश घिमिरेले एकसाथ निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘भूल भूलैया’को राजधानीमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा यस्तै देखियो। आफै कार्यक्रम सञ्चालक बनेका निर्देशक घिमिरेको निर्देशन बमोजिम प्राविधिकले फिल्मको गीत बजाएका मात्र के थिए, रातो टीसर्ट र छोटो स्कर्टमा आएकी नायिका नीता ढुंगाना स्टेजमा नाँच्नै पुगिन्। उनी आफु मात्र नाचिनन् निर्देशक घिमिरेलाई पनि तानेर नचाउन थालिन्। यो नचाईमा फिल्मका अर्का कलाकार सोहित मानन्धर पनि थपिए।

Neeta-Dhungana-(15)अरुष इन्टरनेशनलको व्यानरमा दिनेशकुमार पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा निरज ढकाल कार्यकारी निर्माता छन् भने सुशिल कार्की, सुरेश गौतम र मणिराज दाहालले पनि निर्माणमा सघाएका छन्। प्रस्तुतकर्ता पोखरेलले निर्माण गरेको फिल्म ‘नाइ नभन्नु ल २’ ले ब्लकब्लष्टर कलेक्सन गरेको थियो । निर्देशक घिमिरेले फिल्म पूर्णत प्रेमकथाको रहने बताए। ‘हामी फिल्म उच्च डिजिटल प्रविधिको प्रयोग गरेर बनाउँदैछौं,’उनको दाबी थियो,‘फिल्म भित्र हामी एनिमेसनको पक्षलाई पनि प्राथमिकता दिनेछौं।’ अभिनेता जीवन लुँइटेलको समेत प्रमुख भूमिकामा अभिनय रहने फिल्मको छायांकन साउन १६ गतेबाट शुरु हुनेछ।

निता ढुंगाना र सोहित मानन्धर को थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् 

फिल्ममा शिवम अधिकारीको लेखन, वनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत र सञ्जय लामाको छायांकन रहनेछ। फिल्मका तीन गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर रहेको छ । निर्देशक घिमिरेले यसअघि निर्देशन गरेको फिल्म ‘नोटबुक’ले राम्रो चर्चा पाएको थियो।
bhul-bhulaiya

SUBSCRIBE 👉